प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्वारा मित्रराष्ट्र पाकिस्तानको औपचारिक भ्रमणको सम्बन्धमा

१. मित्रराष्ट्र पाकिस्तानको Pakistan Armed Forces का Chairman Joint Chiefs of Staff Committee General Zubair Mahmood, NI (M) को औपचारिक निमन्त्रणामा प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्री मित्रराष्ट्र पाकिस्तानमा मिति २०७५/०२/०१ गतेदेखि ऐ. ०३ गतेसम्म ३ (तीन) दिने औपचारिक भ्रमणको लागि मिति २०७५ वैशाख ३१ गते त्यसतर्फ प्रस्थान गर्नु हुने कार्यक्रम रहेको छ ।

२. भ्रमणको अवधिभर प्रधानसेनापति महारथी श्री क्षत्रीको अनुपस्थितिमा बलाधिकृत रथी श्री पूर्णचन्द्र थापाले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नु हुनेछ । भ्रमण सम्पन्न गरी प्रधानसेनापति महारथी श्री क्षत्री मिति २०७५ जेष्ठ ०४ गते स्वदेश फिर्ता हुनु हुने कार्यक्रम रहेको छ ।

३. यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र अन्य मित्रराष्ट्रहरुका सेनाबीच रहंदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धको साथै द्विपक्षीय हित र पारस्परिक सम्बन्धलाई सुमधुर एवम् प्रगाढ बनाउन थप मद्धत पुग्ने विश्वास लिईएको छ ।