प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्वारा मित्रराष्ट्र पाकिस्तानको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता

१. मित्रराष्ट्र पाकिस्तानको Pakistan Armed Forces का Chairman Joint Chiefs of Staff Committee General Zubair Mahmood Hayat, NI (M) को औपचारिक निमन्त्रणामा प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्री मित्रराष्ट्र पाकिस्तानको ३ (तीन) दिने औपचारिक भ्रमण सम्पन्न गरी आज मिति २०७५ जेष्ठ ०४ गते स्वदेश फिर्ता हुनु भएको छ । उहाँलाई बलाधिकृत रथी श्री पूर्णचन्द्र थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नु भएको थियो ।

२. भ्रमणको दौरान प्रधानसेनापति महारथी श्री क्षत्रीले मित्रराष्ट्र पाकिस्तानका प्रधानमन्त्री सहिद खकान अब्बासी, रक्षामन्त्री खुर्रम दस्तगीर खान, Chairman Joint Chiefs of Staff Committee General Hayat / Chief of Army staff General Qamar Javed Bajwa सँग भेटवार्ता गर्नु भई पारस्परिक सम्बन्ध तथा आपसी हितका विषयमा छलफल गर्नु भएको थियो । सोहि क्रममा श्री क्षत्रीले पाकिस्तानको डिफेन्स एक्सपोर्ट प्रमोसन अर्गनाइजेसन (DEPO), बलूचिस्तान प्रान्तस्थित ग्वादर पोर्ट र अन्य महत्वपूर्ण स्थानहरुकोसमेत अवलोकन गर्नु भएको थियो । भ्रमणको लागि उहाँ मिति २०७५ वैशाख ३१ गते मित्रराष्ट्र पाकिस्तानतर्फ प्रस्तान गर्नु भएको थियो । उक्त भ्रमण टोलीमा बलाध्यक्ष रथी श्री हेमन्त राज कुँवर समेत रहनु भएको थियो ।

३. यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र मित्रराष्ट्रहरुको सेनाबीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्ध वृद्धि हुनुका साथै द्विपक्षीय हित र पारस्परिक सम्बन्धलाई सुमधुर एवम् प्रगाढ बनाउन थप मद्धत पुग्ने विश्वास लिईएको छ ।