Multinational Communication Interoperability Programme (MCIP), Staff Workshop-2 कार्यक्रम सम्पन्न

१. नेपाली सेना र संयुक्त राज्य अमेरिकी सेनाको Pacific Command (USPACOM) को संयुक्त आयोजनामा काठमाण्डौंस्थित होटल याक एण्ड यतीमा मिति २०६७ चैत्र २१ गतेबाट संचालन भएको Multinational Communication Interoperability Programme (MCIP), Staff Workshop-2 विषयक पाँचदिने कार्यक्रमकोे आज मिति २०६७ चैत्र २५ गते एक समारोहका बीच बलाधिकृत रथी श्री पवन जंग थापाले समापन गर्नुभयो । २. Asia Pacific क्षेत्रका राष्ट्रहरुबीच विपद्को दौरान प्रयोग हुने मिलापका उपकरणहरुको व्यवस्थापन सम्बन्धी योजना तथा तयारीलाई जोड दिई आवश्यक परेको खण्डमा फौजलाई मिलापको व्यवस्था गरी जोखिम न्यूनिकरण गर्न सहयोग पु¥याउने उद्देश्यले सो कार्यक्रम सञ्चालन गरिएको थियो । ३. वहु राष्ट्रिय सेनाबीच असरदार मिलाप कायम गर्ने हेतुले USPACOM को पहलमा सन् २००५ देखि सञ्चालन हुँदै आएको उक्त कार्यक्रममा अमेरिका, अष्ट्रेलिया, बंगलादेश, ब्रुनाई, भारत, इण्डोनेसिया, मलेसिया, माल्दीभ्स, मंगोलिया, न्यूजिल्याण्ड, फिलिपिन्स, सिंगापुर, श्रीलंका, थाईल्याण्ड, टोङ्गा, भियतनाम, पापा न्यू गिनी, कम्बोडिया, टुभालुगरि जम्मा १९ राष्ट्रका ८० तथा नेपाली सेनाका १४ सहित जम्मा ९४ जना अधिकृतहरुको सहभागीता रहेको थियो । ४. समापनको अवसरमा नेपाली सेनाका अधिकृत तथा अमेरिकी राजदूतावासबाट दैवी प्रकोप व्यवस्थापन प्रतिनिधिको समेत उपस्थिती रहेको थियो ।