प्रधान सेनापतिद्वारा ‘लघु चलचित्र प्रतियोगिता-२०७४’ का उत्कृष्ट लघु चलचित्रहरु तथा ‘सिपाही वार्षिक’ र ‘द शिवपुरी जर्नल’ का उत्कृष्ट लेखकहरुलाई पुरस्कार वितरण

१. नेपाली सेनाद्वारा आयोजित “लघु चलचित्र प्रतियोगिता-२०७४” का उत्कृष्ट लघु चलचित्र तथा “सिपाही वार्षिक र द शिवपुरी जर्नल” का उत्कृष्ट लेखकहरुलाई आज मिति २०७५ जेष्ठ ०७ गते प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीले जङ्गी अड्डास्थित सभामण्डपमा आयोजित एक विशेष समारोहका बीच पुरस्कार वितरण गर्नु भएको छ ।

२. “लघु चलचित्र प्रतियोगिता-२०७४” मा प्रथम हुने संजिव पौडेलकोे लघु चलचित्र ‘अटुटनाता’, द्वितीय हुने शम्भुसेन थापाको लघु चलचित्र ‘त्याग’ र तृतीय हुने प्रधुम्न मिश्रको लघु चलचित्र ‘ईतिहास निर्माणको यात्रामा’ लाई क्रमश रु.२,००,०००।–, रु.१,५०,०००।– र रु.१,००,०००।- नगद पुरस्कार र प्रशंसा–पत्र प्रदान गरिएको थियो भने प्रतियोगितामा चौथो हुने विकाश लामाको लघु चलचित्र ‘विजेता’ र पाचौं हुने जोन गुरुङको लघु चलचित्र ‘वैशाखी’ लाई सान्त्वना पुरस्कार स्वरुप जनही रु.२५,०००।- र प्रशंसा-पत्रका साथै प्रतियोगीताका सम्पुर्ण प्रतियोगीहरुलाई प्रमाण–पत्र समेत प्रदान गरिएको थियो ।

३. सोही अवसरमा नेपाली सेनाको वार्षिक प्रकाशन “सिपाही वार्षिक-२०७४” तथा “द शिवपुरी जर्नल-२०१८” मा प्रकाशित लेख रचनाहरु मध्ये प्रथम हुने सहायक रथी श्री धर्म बहादुर बानियाँ (अ.प्रा.)को शिवपुरी जर्नलमा प्रकाशित 'Diplomacy: An Integral Component of the National Security of Small States', द्वितीय हुने प्रमुख सेनानी रन्जीत थापाको सिपाही वार्षिकमा प्रकाशित 'The Use of Force: Drawing a Line Between Theory and Reality' र तृतीय हुने प्रमुख सेनानी पदम बहादुर बुढाको शिवपुरी जर्नलमा प्रकाशित 'Vulnerable Cyberspace' शीर्षकका लेखकहरुलाई क्रमशः रु.५०,०००।-, रु.२५,०००।- र रु.१५,०००।- नगद पुरस्कारका साथै कदर(पत्र प्रदान गरिएको थियो भने अन्य ७ जना लेखकहरुलाई समेत सान्त्वना पुरस्कार स्वरुप जनही नगद रु.१०,०००।- र कदर(पत्र प्रदान गरिएको थियो ।

४. उक्त अवसरमा लघु चलचित्र प्रतियोगिताका निर्णायक मण्डल र लेख रचनाका निर्णायक मण्डललाई समेत प्रशंसा–पत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो । सो समारोहमा रथीबृन्द, प्राध्यापकहरु, नेपाली सेनाका अधिकृतहरु, संचारगृहका प्रबद्र्धक र सम्पादकहरु, चलचित्रकर्मी कलाकार तथा श्रष्टाहरु र उल्लेख्य संख्यामा संचारकर्मीहरुकोसमेत उपस्थिति रहेको थियो ।

५. प्रत्येक वर्ष नेपाली सेनाले आयोजना गर्दै आएको लघु चलचित्र प्रतियोगितामा विभिन्न विषयवस्तु समावेश गरी चलचित्र क्षेत्रका सफल व्यक्तित्व र विज्ञहरुद्वारा मुल्याङ्कन समिति गठन गरी उत्कृष्ट लघु चलचित्रहरुलाई पुरस्कृत गर्दै आईरहेको छ । यस किसिमको प्रतियोगिताले राष्ट्र प्रति जिम्मेवार र कर्तव्यनिष्ठ रही सन्देशमूलक लघु चलचित्रहरु उत्पादन गर्नमा उल्लेखनीय भूमिका खेल्ने एवं नेपाली चलचित्र क्षेत्रमा अग्रसर, स्थापित तथा नवप्रवेशी कलाकार र चलचित्र निर्माताहरुलाई चलचित्र निर्माण गर्न प्रोत्साहित गर्नुको साथै नेपालको कला, संस्कृति र पहिचानलाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।