प्रधानसेनापतिसँग बेलायती सेनाका Deputy Chief of General Staff र नाइजेरियाका Commodore Emmanuel Olatunji BECKLEY बीच शिष्टाचार भेटवार्ता

१. आज मिति २०७५ जेष्ठ ०८ गते प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीसँग मित्रराष्ट्र बेलायती सेनाका Deputy Chief of General Staff, Lt Gen N A W Pope CBE र मित्रराष्ट्र नाइजेरियाबाट नेपाल भ्रमणमा रहेको National Defence College (NDC) को भ्रमणदलका टिम लिडर Commodore Emmanuel Olatunji BECKLEY ले जङ्गी अड्डामा छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नु भएको छ ।

२. उक्त भेटवार्ताको क्रममा प्रधानसेनापति महारथी श्री क्षत्रीसँग Lt Gen N A W Pope CBE र Commodore Emmanuel ले द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल गर्नु भएको थियो ।