‘पृतनापति समन्वयात्मक बैठक २०७५’ सम्पन्न

१. मिति २०७५ जेष्ठ १३ गते नेपाली सेनाको जंगी अड्डामा शुरु भएको दुई दिने ‘पृतनापति समन्वयात्मक बैठक २०७५’ आज मिति २०७५ जेष्ठ १४ गते सम्पन्न भएको छ ।

२. समन्वयात्मक बैठकको क्रममा सहभागी कार्यालय, विभाग, महानिर्देशनालय, निर्देशनालय तथा सबै पृतनाहरुले आ–आप्mनो जिम्मेवारी क्षेत्रको कार्य समिक्षा, वर्तमान वस्तुस्थिति, भविष्यमा आईपर्न सक्ने चुनौतीहरु एवम् सुझावहरुको सम्बन्धमा प्रस्तुतिकरण गर्नु भएको थियो । उक्त बैठकमा समसामयिक वस्तुस्थितिको पुनरावलोकन तथा मुल्याँकन समेत भएको थियो ।

३. आज मिति २०७५ जेष्ठ १४ गते ‘पृतनापति समन्वयात्मक बैठक २०७५’ समापनको क्रममा प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीले विद्यमान परिस्थितिको मुल्याँकन गरी आउन सक्ने जस्तो सुकै चुनौतीको सामना गर्न सक्ने गरी अपरेशनल, तालिम तथा बन्दोबस्ती पक्षमा हरहमेसा तयारी रहन निर्देशन दिनुभयो । मन्तव्यकोे क्रममा प्रधानसेनापति श्री क्षत्रीले विभागीय प्रमुखहरु तथा पृतनापतिहरुलाई नियमित संस्थागत जिम्मेवारी तथा कार्यहरुको अलावा अपरेशनल रेडिनेस तथा सांगठनिक सुदृढिकरणका क्षेत्रहरुमा विशेष ध्यान केन्द्रित गर्न निर्देशन समेत दिनु भएको थियो । उक्त कार्यक्रमको दौरान बलाधिकृत रथी श्री पूर्णचन्द्र थापाले बैठकमा उठेका समसामयिक विषयहरुमा आफ्नो मन्तव्य समेत राख्नु भएको थियो ।

४. यस किसिमको समन्वयात्मक बैठक र आपसी अन्तरक्रियाको माध्यमबाट आउने रचनात्मक सुझावहरुले नेपाली सेनाको नीति निर्माणमा ठोस योगदान पु¥याउन थप सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।