प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्वारा नवनिर्मित बेलिबृजको समुद्घाटन

१. आज मिति २०७५ जेष्ठ १८ गते प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्वारा राष्ट्रिय गौरवको आयोजनाहरु मध्ये नेपाली सेनाद्वारा निर्माणाधीन कालीगण्डकी करिडोरअन्तर्गत बाग्लुङ्ग जिल्ला, कुस्मीसेरा नगरपालिकास्थित लौवा खोलामा नवनिर्मित बेलिबृजको समुद्घाटन गर्नु भएको छ ।

२. सोहि अवसरमा करिब ६०० मिटर लम्बाई र ९०० मिटर उचाईको पहिरोका कारण विगत पाँच वर्षदेखि अवरुद्ध भएको मिर्मि—कोटाकोट—रुद्रवेणी सडक खण्ड अन्तर्गत स्याङजा जिल्ला, कालीगण्डकी गाउँपालिकास्थित लौझा भीरमा नेपाली सेनाले करिब ६ महिनाको अथक प्रयास पछि जटिल पहिरोलाई हटाई बाटो निर्माण सम्पन्न गरे पश्चात आजै प्रधानसेनापति श्री क्षत्रीले उक्त स्थानको अवलोकन र नवनिर्मित बाटोको शिला अनावरण गरी समुद्घाटन समेत गर्नु भएको छ । यो सडक खण्डले स्याङजा जिल्लाको मिर्मि—कोटाकोट—रुद्रवेणीहुँदै गुल्मी जिल्लाको तम्घासलाई जोडेको छ ।

३. भ्रमणको दौरान प्रधानसेनापति श्री क्षत्रीले आजै पोखरास्थित श्री पश्चिम पृतना हे.क्वा., बाग्लुङस्थित श्री अर्जुनवाण गण र श्री सैनिक आवसीय महाविद्यालय फुलबारी, पोखराको निरिक्षण भ्रमण गर्नु हुने कार्यक्रम रहेको छ । भोली मिति २०७५ जेष्ठ १८ गते श्री पश्चिम पृतना हे.क्वा.अन्तर्गतका युनिटहरुको निरिक्षण पश्चात् उहाँ काठमाण्डौ फिर्ता हुनु हुने कार्यक्रम रहेको छ ।