प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्वारा निरिक्षण भ्रमण सम्पन्न

१. प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीले आज मिति २०७५ जेष्ठ १९ गते श्री पश्चिम पृतनाअन्तर्गत तनहुँ जिल्लामा तैनाथ श्री नं.३ जगदल गणको निरीक्षण भ्रमण गर्नु भएको छ ।

२. निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति श्री क्षत्रीले उक्त गणको बस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै सकलदर्जालाई सम्बोधन गर्नु भएको थियो ।

३. निरीक्षण भ्रमण सम्पन्न गरी प्रधानसेनापति श्री क्षत्री आजै काठमाण्डौं फिर्ता हुनु भएको छ । नेपाली सेनाद्वारा निर्माणाधीन कालीगण्डकी करिडोरअन्तर्गत बाग्लुङ्ग जिल्ला, कुस्मीसेरा नगरपालिकास्थित लौवा खोलामा नवनिर्मित बेलिबृजको समुद्घाटनको सिलसिलामा उहाँ मिति २०७५ जेष्ठ १८ गते स्याङजातर्फ प्रस्थान गर्नु भएको थियो ।