सम्माननीय कायम मुकायम प्रधान न्यायाधीशद्वारा नेपाली सेनाको सेना प्राड विवाकको निरिक्षण भ्रमण

१. मिति २०७५ जेष्ठ २१ गते सम्माननीय कायम मुकायम प्रधान न्यायाधीश श्री दीपकराज जोशीबाट जंगी अड्डा स्थित श्री सेना प्राड विवाकको निरीक्षण भ्रमण गर्नु भएको छ ।

२. उक्त अवसरमा उहाँले सैनिक विशेष अदालत र सैनिक न्याय प्रणालीमा महत्वपूर्ण भूमिका रहने सेना प्राड विवाक कार्यालयको निरिक्षण गरी न्यायीक र व्यवस्थापकीय विषयमा निर्देशन दिनु भएको थियो । भ्रमणको सिलसिलामा सेना प्राड विवाकबाट स्वागत मन्तव्य दिनुको साथै सैनिक अदालत तथा प्राड विवाकसँग सम्बन्धीत विषयमा प्रस्तुतीकरण गरिएको थियो ।

३. उक्त कार्यक्रममा प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्री, रक्षा सचिव श्री विष्णु प्रसाद लम्साल, रथीबृन्दहरु तथा प्राड अधिकृतहरु समेतको उपस्थिती रहेको थियो ।