प्रधानसेनापति महारथी श्री गुरुङ्ग विविध कार्यक्रममा सरिक

१. मित्रराष्ट्र अमेरिकाको औपचारिक भ्रमणमा रहनु भएका प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्ग भ्रमणको सिलसिलामा हिजो मिति २०६७ चैत्र २५ (तदनुसार 08 April 2011) गते Department of State मा Mr Robert O. Blake, Assistant Secretary of State for South and Central Asian Affairs तथा Dr. Alyssa Ayres, Deputy Assistant Secretary for South and Central Asia सँग भेटघाट गर्नुभयो । २. सोहि दिन उहाँले पेन्टागनमा Mr Robert Scher, Deputy Assistant Secretary of Defense for Southeast Asia संग भेटबार्ता गर्नुभयो । त्यसपश्चात उहाँले पेन्टागनमा नै Mr Derek Mitchell, Principle Deputy Assistant Secretary of Defense for Asian & Pacific Security Affairs संग भेटबार्ता गर्नुभयो । ३. उक्त दुबै भेटघाट कार्यक्रममा नेपालको लागि अमेरिकी महामहिम राजदुत Scott H. DeLisi र अमेरिकाको लागि नेपाली महामहिम राजदुत डा.शंकर शर्माको समेत उपस्थिति रहेको थियो । भेटघाटको क्रममा उहाँहरुवीच आपसी हितको विषयमा समेत छलफल भएको थियो । ४. अमेरिकी सरकारको औपचारिक निमन्त्रणामा मिति २०६७ चैत्र १२ गते अमेरिका प्रस्थान गर्नु भएका प्रधानसेनापति महारथी श्री गुरुङ्ग भोली मिति २०६७ चैत्र २७ गते स्वदेश फर्किदै हुनुहुन्छ ।