प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्वारा मित्रराष्ट्र भारतको औपचारिक भ्रमण

१. भारतीय सेनाका सेनाध्यक्ष General Bipin Rawat को औपचारिक निमन्त्रणामा देहरादुनस्थित भारतीय सेनाको Indian Military Academy मा सञ्चालित अधिकृत आधार तालिमको आयुक्त पद प्रदान कवाजको Chief Reviewing Officer को रुपमा आतिथ्यताको लागि प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्री आज मिति २०७५ जेष्ठ २३ गते ६ (छ) दिने भ्रमणको लागि मित्रराष्ट्र भारततर्फ प्रस्थान गर्नु भएको छ । उहाँलाई बलाधिकृत रथी श्री पूर्णचन्द्र थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गर्नु भएको थियो ।

२. भ्रमणको अवधिभर प्रधानसेनापति महारथी श्री क्षत्रीको अनुपस्थितिमा बलाधिकृत रथी श्री पूर्णचन्द्र थापाले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नु हुनेछ । भ्रमणको दौरान प्रधानसेनापति श्री क्षत्रीले भारतका रक्षामन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार, वायु सेनाध्यक्ष, जल सेनाध्यक्ष सहित अन्य उच्च पदस्थ अधिकारीहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्नु हुने कार्यक्रम रहेको छ । भ्रमण सम्पन्न गरी प्रधानसेनापति महारथी श्री क्षत्री मिति २०७५ जेष्ठ २८ गते स्वदेश फिर्ता हुनु हुने कार्यक्रम रहेको छ ।