का.मु. प्रधानसेनापति र Maj General Noble बीच शिष्टाचार भेटवार्ता तथा Nepal US 1st Land Forces Talk (LFT) को शुभारम्भ

१. का.मु. प्रधानसेनापति रथी श्री पूर्णचन्द्र थापा र अमेरिकी सेना (United States Army Pacific-USARPAC) भ्रमण दलको नेतृत्व गरी "Land Forces Talk" (LFT) मा सहभागी हुन नेपाल आउनु भएका अस्ट्रेलियन सेनाका Maj General Roger J. Noble बीच आज मिति २०७५/०२/२३ गते जंगी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ । साथै आजैबाट नेपाली सेना र अमेरिकी सेना (USARPAC) बीच पहिलो पल्ट दुई दिने "Land Forces Talk" (LFT) नेपाली सेनाको जंगी अड्डामा शुभारम्भ भएको छ ।

२. उक्त अन्तरक्रिया तथा छलफल (Talk) कार्यक्रममा नेपाली सेनाको तर्फबाट उपरथी जगदिश चन्द्र पोखरेलसहित १९ र अमेरिकी सेनाको तर्फबाट Maj General Noble सहित १७ गरी जम्मा ३६ जना रथीबृन्द तथा अधिकृतहरुको सहभागिता रहेको छ । यस अन्तरक्रिया तथा छलफल कार्यक्रम (Talk) संयुक्त सैनिक मार्ग निर्देशन (Military Joint Vision Statement), सैनिक कार्य प्राथमिकता, विपद् व्यवस्थापन तथा विभिन्न सैनिक तालिम एवं गतिविधि सम्बन्धी विषयहरुमा केन्द्रित रहने छ । उक्त कार्यक्रम अन्तर्गत भ्रमणदलका प्रमुखलाई नेपाली सैनिक कमाण्ड तथा स्टाफ कलेज र उपत्यका पृतना हेर्डक्वार्टरको भ्रमण गराउने व्यवस्था समेत मिलाईएको छ ।

३. यस किसिमको अन्तरक्रिया तथा छलफल (Talk) बाट नेपाली सेना र मित्रराष्ट्र अमेरिकी सेनाबीच रहँदै आएको आपसी सम्बन्ध अझ सौहार्दपूर्ण हुनुको साथै द्विपक्षीय हित र पारस्परिक सम्बन्धलाई सुमधुर एवम् प्रगाढ बनाउन थप मद्धत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।