का.मु. प्रधानसेनापतिद्वारा पेशागत प्रतियोगिताको निरीक्षण

१. आज मिति २०७५ जेष्ठ २४ गते का.मु. प्रधानसेनापति रथी श्री पूर्णचन्द्र थापाले रुपन्देही जिल्लाको सालझण्डीस्थित नेपाली सैनिक व्याट्ल स्कुलमा यही जेष्ठ १८ गतेबाट सञ्चालन भईरहेको ‘केन्द्रिय स्तरको पेशागत प्रतियोगिता ०७४/७५’ को निरीक्षण गर्नु भएको छ ।

२. सो अवसरमा निरिक्षणाधिकृत उपरथी श्री अनुज बहादुर बस्न्यातले का.मु. प्रधानसेनापति श्री थापालाई सैनिक व्याट्ल स्कुलमा स्वागत गर्नु भएको थियो । साथै उहाँले सहभागी फौजहरुले प्रदर्शन गरेको विभिन्न सैनिक कौशल तथा अभ्यासहरुको समेत निरीक्षण गर्नु भएको थियो ।

३. नेपाली सेनामा कार्यरत सैनिक व्यक्तिहरुको व्यवसायिक दक्षता अभिबृद्धि गर्ने उद्देश्यले पृतना तहमा प्रथम तथा द्वितीय भएका गण र गुल्महरुलाई सहभागी गराई हरेक दुई÷दुई वर्षमा यस्तो प्रकारको पेशागत प्रतियोगिता सञ्चालन गर्ने गरिएको छ ।

४. उक्त कार्यक्रममा सैनिक ईण्टलिजेन्स महानिर्देशक उपरथी श्री जगदिश चन्द्र पोखरेल, मध्य पश्चित पृतनापति उपरथी श्री राजेन्द्र कार्कीलगायत अन्य रथीबृन्द तथा अधिकृतहरुको समेत सहभागीता रहेको थियो । निरीक्षण भ्रमण सम्पन्न गरी का.मु. प्रधानसेनापति रथी श्री थापा आजै काठमाण्डौ फिर्ता हुनु भएको छ ।