मित्रराष्ट्र पाकिस्तानका General Zubair Mahmood Hayat को नेपाल भ्रमण सम्बन्धमा

१. प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणामा ५ (पाँच) दिने नेपाल भ्रमणको सिलसिलामा मित्रराष्ट्र Pakistan Armed Forces का Chairman Joint Chiefs of Staff Committee General Zubair Mahmood Hayat NI (M) भोली मिति २०७५/०३/०४ गते काठमाण्डौं आउनु हुने कार्यक्रम रहेको छ ।

२. नेपाल भ्रमणमा रहँदा उहाँले प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीसहित उच्चस्तरीय भेटवार्ता गर्नु हुने कार्यक्रम रहेको छ । भ्रमणको दौरान उहाँले पर्यटकिय तथा ऐतिहासिक स्थलहरुको अवलोकन भ्रमण गर्नु हुने कार्यक्रमसमेत रहेको छ । भ्रमण सम्पन्न गरी उहाँ मिति २०७५/०३/०८ गते स्वदेश फिर्ता हुनु हुने कार्यक्रम रहेको छ ।

३. यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र पाकिस्तानी सेनाबीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धलाई सैनिक कूटनीतिको माध्यमबाट मजबूत बनाउनुको साथै द्विपक्षीय हित र पारस्परिक सम्बन्धलाई सुमधुर एवम् प्रगाढ बनाउन थप मद्धत पुग्ने विश्वास नेपाली सेनाले लिईएको छ ।