मित्रराष्ट्र पाकिस्तानकाChairman Joint Chiefs of Staff Committee General Zubair Mahmood Hayat द्वारा नेपाल भ्रमण

१. प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणामा ५ (पाँच) दिने नेपाल भ्रमणको सिलसिलामा मित्रराष्ट्र Pakistan Armed Forces का Chairman Joint Chiefs of Staff Committee General Zubair Mahmood Hayat NI (M) आज मिति २०७५/०३/०४ गते काठमाण्डौं आई पुग्नु भएकोे छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रबन्धरथी उपरथी श्री गौरव तण्डुलले स्वागत गर्नु भएको थियो ।

२. नेपाल भ्रमणमा रहँदा उहाँले सम्माननीय राष्ट्रपति, माननीय उपप्रधान तथा रक्षामन्त्रीका साथै प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीसँग छुट्टा–छुट्टै भेटवार्ता गर्नु हुने कार्यक्रम रहेको छ । भ्रमणको दौरान उहाँले पर्यटकीय तथा ऐतिहासिक स्थलहरुको अवलोकन भ्रमण गर्नु हुने र भ्रमण सम्पन्न गरी उहाँ मिति २०७५/०३/०८ गते स्वदेश फिर्ता हुनु हुने कार्यक्रम रहेको छ ।