प्रधानसेनापति र पाकिस्तान Armed Forces का अध्यक्ष (Chairman Joint Chiefs of Staff Committee) General Zubair Mahmood Hayat बीच भेटवार्ता

१. आज मिति २०७५ असार ५ गते प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीसँग नेपाल भ्रमणमा रहनु भएका Pakistan Armed Forces का अध्यक्ष (Chairman Joint Chiefs of Staff Committee) General Zubair Mahmood Hayat NI (M) ले जंगी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको छ । सोही क्रममा अध्यक्ष General Hayat ले पाकिस्तान सरकारको तर्फबाट नेपाली सेनाका प्रधानसेनापति श्री क्षत्रीलाई विशेष सम्मान स्वरुप विशिष्ट व्यक्तित्वहरुलाई प्रदान गरिने उच्च स्तरको विभूषण निशान–ए–इम्तियाज (मिलिटरी) प्रदान गर्नु भएको थियो । साथै भेटवार्तामा उहाँहरु बीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

२. आजै अध्यक्ष General Hayat ले टुंडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारकमा माल्यार्पण गर्नु भएको थियो भने उहाँलाई जंगी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । जंगी अड्डामै उहाँलाई एक विशेष कार्यक्रममा युद्धकार्य महानिर्देशक उपरथी श्री शरद कुमार गिरीबाट नेपाली सेना सम्बन्धी विविध विषयमा प्रस्तुतिकरण समेत भएको थियो । उक्त अवसरमा रथीवृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।