पाकिस्तान Armed Forces का अध्यक्ष (Chairman Joint Chiefs of Staff Committee) General Zubair Mahmood Hayat द्वारा भ्रमण

१. प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणामा नेपाल भ्रमणमा रहनु भएका Pakistan Armed Forces का अध्यक्ष (Chairman Joint Chiefs of Staff Committee) General Zubair Mahmood Hayat NI (M) ले आज मिति २०७५ असार ६ गते पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र ऐतिहासिक सिन्धुलीगढीको भ्रमण गर्नु भएको छ ।

२. भ्रमण कै क्रममा रहनु भएका अध्यक्ष General Hayat ले हिजो मिति २०७५/०३/०५ गते सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीलाई राष्ट्रपति भवन शितल निवासमा र माननीय कार्यबाहक प्रधानमन्त्री श्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयमा छुट्टाछुटै भेटवार्तासमेत गर्नु भएको थियो ।