United Nations H.Q., DPKO का HE Under Secretary General (USG) Mr Jean-Pierre Lacroix द्वारा नेपाल भ्रमण सम्पन्न

१. नेपाल भ्रमणमा रहनु भएका United Nations H.Q., DPKO का HE Under Secretary General (USG) Mr Jean-Pierre Lacroix नेपालको तीन दिने भ्रमण सम्पन्न गरी आज मिति २०७५ असार १४ गते फिर्ता हुनु भएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निरीक्षणाधिकृत उपरथी श्री अनुज बहादुर बस्न्यातले बिदाई गर्नु भएको थियो ।

२. नेपाल भ्रमणमा रहँदा HE Mr Lacroix ले सम्माननीय राष्ट्रपति, सम्माननीय प्रधानमन्त्री, माननीय उपप्रधान तथा रक्षामन्त्री, माननीय परराष्ट्रमन्त्री, माननीय गृहमन्त्री, प्रधानसेनापति, नेपाल प्रहरी एवं सशस्त्र प्रहरी बलका महानिरीक्षकहरुसँग छुट्टा–छुट्टै भेटवार्ता गर्नु भएको थियो । उहाँले पाँचखालस्थित नेपाली सेनाको श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको भ्रमण गर्नुको साथै जंगी अड्डामा आयोजित त्बपि एचयनचबm मा सहभागी हुनु भएको थियो ।

३. HE Mr Lacroix ४ (चार) सदस्यीय भ्रमण दलको नेतृत्व गर्दै मिति २०७५ आषाढ १२ गते नेपालको औपचारिक भ्रमणमा आँउनु भएको थियो ।