सि.सं.५ हाईयर कमाण्ड तथा म्यानेजमेण्ट तालिमको समापन

१. नगरकोटस्थित नेपाली सैनिक वार कलेजमा २९ जना महा सेनानी दर्जाका शिक्षार्थी सहभागी गराई मिति २०७४ चैत्र ४ गतेबाट संचालन भएको सि.सं. ५ हाईयर कमाण्ड तथा म्यानेजमेण्ट तालिमको आज मिति २०७५ असार १७ गते एक बिशेष समारोह बीच नारायणहिटी स्थित श्री उपत्यका पृतना हे.क्वा.मा प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीले अन्तिम प्रवचन गर्नु भई समापन गर्नु भएको छ ।

२. कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानसेनापति श्री क्षत्रीले नेपालको संविधानले निर्देशित गरे अनुसार नेपाली सेनाको मूख्य जिम्मेवारी राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय अखण्डताको रक्षा गर्नु रहेको बताउनु हुँदै यस तालिमले शिक्षार्थी अधिकृतहरुमा राष्ट्रिय सुरक्षामा आउन सक्ने चुनौतीहरुको सामना गर्न मद्दत पुग्न गई भावी जिम्मेवारी कुशलता पूर्वक सम्पन्न गर्न पेशागत दक्षताको विकास गर्नुको साथै उच्चतम निर्णायक क्षमता र योजना निर्माण गर्ने दक्षता समेत अभिबृद्धि भएको विश्वास व्यक्त गर्नु भयो ।

३. उक्त अवसरमा प्रधानसेनापति श्री क्षत्रीले तालिम सफलतापूर्वक सम्पन्न गर्ने सम्पुर्ण शिक्षार्थी अधिकृतहरु तथा तालिमको दौरान सहयोग गर्नु हुने उहाँहरुको परिवारजनहरुलाई बधाई ज्ञापन गर्नुका साथै तालिम संचालनको समयमा सहयोग पु¥याउनुहुने सबै विभाग, संस्था, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, संचार गृहका प्रतिनिधिहरु, आमन्त्रित शिक्षक, प्राध्यापक, प्राज्ञिक तथा बिज्ञहरुलाई आप्mनो अमूल्य समय दिई शिक्षार्थी अधिकृतहरुलाई ज्ञान तथा अनुभवहरु प्रदान गर्नु भएकोमा कृतज्ञता व्यक्त गर्नु भएको थियो । साथै, यस तालिमलाई सफलतापूर्वक सम्पन्न गराउन पु¥याएको योगदानको निमित्त सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशक, मुख्य शिक्षक, शिक्षकहरु, नेपाली सैनिक वार कलेज र अन्य सम्बन्धित सबैलाई समेत धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

४. प्रधानसेनापति श्री क्षत्रीले उक्त तालिममा समग्रमा सर्वप्रथम हुनु हुने महा सेनानी श्री हिमांशु खड्कालाई "Best Student Award", शिल्ड, प्रमाणपत्र र नगद पुरस्कार रु.२५,०००।- तथा Academic Writing तर्फ प्रथम हुनु हुने महा सेनानी श्री दिपेश जंग शाहलाई प्रमाणपत्र तथा नगद रु.२५,०००।- र अन्य शिक्षार्थीहरुलाई प्रमाणपत्र समेत वितरण गर्नु भएको थियो ।

५. यस अघि समापन कार्यक्रमको प्रारम्भमा तालिमको मुख्य शिक्षकको भूमिका निर्वाह गर्नुभएका श्री उपत्यका पृतनापति उपरथी श्री शशिचन्द्र बहादुर सिंहले स्वागत मन्तव्य दिनु भएको थियो । उक्त समापन कार्यक्रममा पूर्व प्रधानसेनापति, बहालवाला तथा अवकाश प्राप्त रथीबृन्दहरु, विभिन्न विषयका प्राध्यापक तथा विज्ञहरु, प्राज्ञिक व्यक्तित्वहरुको समेत उपस्थिति रहेको थियो ।