प्रधानसेनापतिद्वारा किर्तिमानी पर्वतारोही श्री पेम्वा दोर्जे शेर्पालाई सम्मान

१. आज मिति २०७५ असार १७ गते प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीले नेपालको प्रतिनिधित्व गर्दै नेपाल राष्ट्रका निर्माता श्री ५ पृथ्वी नारायण शाहको पूर्णकदको सालिकको Replica र नेपाली सेनाको झण्डा सर्वाेच्च शिखर सगरमाथामा पु¥याउन सफल भएका पर्वतारोही श्री पेम्वा दोर्जे शेर्पालाई जंगी अड्डामा आयोजित विशेष कार्यक्रममा सम्मान गर्नु भएको छ । साथै, उक्त कार्यक्रममा पर्वतारोही श्री शेर्पाले प्रधानसेनपाति श्री क्षत्रीलाई सर्वाेच्च शिखर सगरमाथामा पु¥याएको श्री ५ पृथ्वी नारायण शाहको पूर्णकदको सालिकको Replica र नेपाली सेनाको झण्डा सहित आरोहण गरेको तस्वीर हस्तान्तरण गर्नु भएको थियो ।

२. प्रधानसेनापति श्री क्षत्रीले मिति २०७४ चैत्र १४ गते जंगी अड्डामा आयोजित विशेष कार्यक्रममा पर्वतारोही श्री शेर्पालाई नेपाल राष्ट्रका निर्माता श्री ५ पृथ्वी नारायण शाहको पूर्णकदको सालिकको Replica र नेपाली सेनाको झण्डा सर्वोच्च शिखर सगरमाथामा पुर्या‍उने कार्यका लागि हस्तान्तरण गर्नु भएको थियो ।

३. उक्त सम्मान कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।