प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्वारा मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण सम्बन्धमा

१. नेपाल सरकारको निर्णय बमोजिम प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्री मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको चिनिया जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा मित्रराष्ट्र जनवादी गणतन्त्र चीन भ्रमणको लागि मिति २०७५ असार १९ गते त्यस तर्फ प्रस्थान गर्नु हुने कार्यक्रम रहेको छ । उक्त अवसरमा प्रधानसेनापति श्री क्षत्रीले चीनका उच्च पदस्थ अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

२. साथै, भ्रमणको क्रममा प्रधानसेनापति श्री क्षत्रीले मित्रराष्ट्र म्यान्मारको भ्रमण गर्नु हुने र त्यहाँका उच्च पदस्थ अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भ्रमण सम्पन्न गरी प्रधान सेनापति श्री क्षत्री मिति २०७५ असार २९ गते स्वदेश फिर्ता हुनु हुने कार्यक्रम रहेको छ । भ्रमण अवधिभर प्रधान सेनापति महारथी श्री क्षत्रीको अनुपस्थितिमा बलाधिकृत रथी श्री पूर्णचन्द्र थापाले कायम मुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नु हुनेछ ।

३. यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र मित्रराष्ट्रहरु चीन तथा म्यान्मारका सेनाबीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धको साथै द्विपक्षीय हित र पारस्परिक सम्बन्धलाई सुमधुर एवम् प्रगाढ बनाउन थप मद्धत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।