प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्री भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता

१. मित्रराष्ट्र जनवादी गणतन्त्र चीन र म्यानमारको औपचारिक भ्रमणको लागि मिति २०७५ असार १९ गते जानु भएका प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्री भ्रमण सम्पन्न गरी आज मिति २०७५ असार २९ गते स्वदेश फिर्ता हुनु भएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी श्री पूर्णचन्द्र थापाले स्वागत गर्नु भएको थियो ।

२. भ्रमणको क्रममा प्रधानसेनापति श्री क्षत्रीले असार २० गतेदेखि २३ गतेसम्म म्यानमारका State Counsellor of Myanmar Aung San Suu Kyi, सेनाध्यक्ष Senior General Min Aung Hlaing र म्यानमारमा रहेका प्रवासी नेपालीहरुसँग भेटघाट गर्नु भएको थियो भने असार २४ गतेदेखि २९ गतेसम्म चिनिया रक्षामन्त्री, सेनाध्यक्ष, वेस्र्टन सेक्टर कमाण्डर लगायत उच्च पदस्थ अधिकारीहरुसँग भेटवार्ता गर्नु भएको थियो ।

३. उच्च तहको सैनिक नेतृत्व वर्गको यस किसिमको भ्रमणले नेपाली सेना र चीन तथा म्यानमारको सेनाबीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्ध बृद्धि हुनुका साथै द्विपक्षीय हित र पारस्परिक सम्बन्धलाई सैनिक कूटनीतिको माध्यमबाट थप सुमधुर एवम् प्रगाढ बनाउन मद्धत पुग्ने विश्वास नेपाली सेनाले लिईएको छ ।