प्रधानसेनापतिद्वारा दज्र्यानी चिन्ह प्रदान

१. नेपाल सरकार, मन्त्रीपरिषद्को मिति २०७५ असार २४ गतेकोे निर्णय अनुसार उपरथी दर्जामा पदोन्नती हुनु भएका सहायक रथी श्री सुवर्ण बहादुर शाहलाई आज मिति २०७५ असार ३१ गते जंगी अड्डामा आयोजित एक बिशेष कार्यक्रममा प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीले उपरथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गर्नु भएको छ । उपरथी दर्जामा पदोन्नती हुनुभएका उपरथी श्री शाहलाई श्री मध्य पृतना हे.क्वा.को पृतनापतिको जिम्मेवारी दिईएको छ ।

२. उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।