प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्वारा निरीक्षण भ्रमण

१. प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीले आज मिति २०७५ श्रावण ०३ गते रुपन्देही जिल्लामा तैनाथ श्री मध्य पश्चिम पृतना हे.क्वा. तथा अन्तर्गत पूर्वी रुकुम जिल्लामा तैनाथ श्री खड्गदल गण र गुल्मी जिल्लामा तैनाथ श्री वीरभद्रजंग गुल्मको निरीक्षण भ्रमण गर्नु भएको छ ।

२. निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति श्री क्षत्रीले उक्त पृतना, गण तथा गुल्मको बस्तुस्थिति, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नु भई सकलदर्जाहरुलाई सम्बोधन गर्नु भएको थियो ।

३. निरीक्षण भ्रमण पश्चात प्रधानसेनापति श्री क्षत्री आज पोखरास्थित श्री पश्चिम पृतना हे.क्वा.मा मुकाम रहनु हुने र मिति २०७५ श्रावण ०४ गते खैरेनीटारस्थित श्री नं.३ बाहिनी अड्डाको निरीक्षण भ्रमण गर्नु भई काठमाण्डौं फिर्ता हुनु हुने कार्यक्रम रहेको छ ।