प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्वारा निरीक्षण भ्रमण सम्पन्न

१. प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीले आज मिति २०७५ श्रावण ०४ गते खैरेनीटारस्थित श्री नं.३ बाहिनी अड्डाको निरीक्षण भ्रमण गर्नु भएको छ ।

२. निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति श्री क्षत्रीले उक्त बाहिनी अड्डाको बस्तुस्थिति, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नु भई सकलदर्जाहरुलाई सम्बोधन गर्नु भएको थियो ।

३. निरीक्षण भ्रमण सम्पन्न गरी प्रधानसेनापति श्री क्षत्री आजै काठमाण्डौँ फिर्ता हुनु भएको छ । निरीक्षण भ्रमणको सिलसिलामा उहाँ मिति २०७५ श्रावण ०३ गते रुपन्देही जिल्लामा तैनाथ श्री मध्य पश्चिम पृतना तर्फ प्रस्थान गर्नु भएको थियो ।