दोस्रो प्रधानसेनापति अन्तर्राष्ट्रिय Tri-Marathon प्रतियोगिता २०७५ सम्पन्न

१. आज मिति २०७५ श्रावण ०५ गते प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीको प्रमुख आतिथ्यमा नेपाली सेनाले आयोजना गरेको दोस्रो प्रधानसेनापति अन्तर्राष्ट्रिय Tri-Marathon प्रतियोगिता २०७५ सम्पन्न भएको छ । धादिङ्ग जिल्लाको बैरेनीदेखि चरौंदीसम्म नेपाली सेनाले सञ्चालन गरेको यस साहसिक प्रतियोगिताको दुरी ६.७ कि.मि. दौड, २६ कि.मि. साईक्लिङ्ग र ११ कि.मि. र्‍याफ्टीङ्ग गरी जम्मा ४३.७ कि.मि. रहेको थियो ।

२. जम्मा १३ टिमहरुको सहभागिता रहेको उक्त प्रतियोगितामा नेपाली सेनाको त्रिभुबन आर्मी क्लबको २, सशस्त्र प्रहरी बलको १, राष्ट्रिय क्लबहरुको ५ र महिला टिम १ गरी जम्मा स्वदेशी ९ टिम र विदेशी टिमहरु मध्ये बेलायतको British Gurkhas Team २, बंगलादेशको १, श्रीलंकाको १ गरी जम्मा ४ टिमको सहभागीता रहेको थियो । प्रत्येक टिममा ४ जनाका दरले उक्त प्रतियोगितामा जम्मा ५२ जना खेलाडीहरुले सहभागिता जनाएका थिए ।

३. प्रतियोगितामा सहभागी टिमहरु मध्ये २ घण्टा १८ मिनेट ४९ सेकेण्डमा उक्त दुरी पार गरी प्रथम हुने नेपाली सेनाको त्रिभुवन आर्मी क्लब ‘टिम ए’, २ घण्टा २८ मिनेट ३४ सेकेण्डमा दुरी पार गरी दोस्रो हुने सेनाकै त्रिभुवन आर्मी क्लब ‘टिम बि’ र २ घण्टा ३१ मिनेट २१ सेकेण्डमा दुरी पार गरी तेस्रो हुने सशस्त्र प्रहरी बलको टिमलाई प्रधानसेनापति महारथी श्री क्षत्रीले ट्रफि, मेडल र प्रमाणपत्रका साथै नगद पुरस्कार क्रमशः रु १,५०,०००, रु १,००,००० र रु ७५,००० प्रदान गर्नुको साथै प्रतियोगितामा सहभागी महिला टिमलाई समेत उहाँले मेडल र प्रमाण पत्र प्रदान गर्नु भएको थियो । सो अवसरमा श्री नं. ६ वाहिनी अड्डा, देवीदत्त गण र सहयोग पु¥याउने स्थानीय संघसस्थाका प्रमुखहरुलाई बलाधिकृत रथी श्री पूर्णचन्द्र थापाले कदर पत्र र लेटर अफ अप्रिसेसन प्रदान गर्नु भएको थियो भने बलाध्यक्ष रथी श्री हेमन्त राज कुँवरले सहभागि सबै टिमलाई मेडल तथा प्रमाणपत्र समेत वितरण गर्नु भएको थियो ।

४. उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द, धादिङ्ग जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी, स्थानीय सुरक्षा निकायका प्रतिनिधिहरु, सञ्चारकर्मी लगायत नेपाली सेनाका अधिकृत, पदिक तथा अन्यदर्जाहरुको समेत उपस्थिती रहेको थियो ।