प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्वारा नवनिर्मित अस्पतालको उद्घाटन

१. प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीले आज मिति २०७५ श्रावण ०७ गते बांके जिल्लाको नेपालगञ्ज स्थित राँझामा बहालवाला तथा भु.पू.सैनिक र तिनका आश्रित परिवारहरुको स्वास्थ्य उपचारको लागि नवनिर्मित ५० बेड क्षमता युक्त सैनिक अस्पतालको उद्घाटन गर्नु भएको छ । मिति २०७४ बैशाख ३ गतेबाट १४ रोपनी ८ आना क्षेत्रफलमा भवन निर्माण शुभारम्भ गरिएकोे यस अस्पतालमा हाल जनरल मेडिकल, डेन्टल, प्याथोलोजी र रेडियोलोजी सेवाहरु संचालन गरिनुको साथै एनेस्थेसिया, सर्जन, अर्थाे र गाईनो सेवा विस्तार गर्दै लगिने योजना रहेको छ ।

२. सोही क्रममा महारथी श्री क्षत्रीले आजै बांके जिल्लामा तैनाथ श्री श्रीमेहर गण, ऐ. जिल्लामा तैनाथ नंं.४ बाहिनी अड्डा तथा डोटी जिल्लामा तैनाथ श्री सुदुर पश्चिम पृतना हे.क्वा.को निरीक्षण भ्रमण गर्नु भएको छ ।

३. निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति श्री क्षत्रीले उक्त पृतना, बाहिनी तथा गणको बस्तुस्थिति, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नु भई सकलदर्जाहरुलाई सम्बोधन गर्नु भएको थियो ।