प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्ग संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमण समाप्त गरी स्वदेश फिर्ता

१. अमेरिकी सरकारको औपचारिक निमन्त्रणामा मिति २०६७ चैत्र १२ गतेदेखि संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनु भएका प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्ग भ्रमण समाप्त गरी आज मिति २०६७ चैत्र २७ गते बिहान स्वदेश फिर्ता हुनु भएको छ । २. प्रधानसेनापति महारथी श्री गुरुङ्गलाई कायम मुकायम प्रधानसेनापति रथी श्री तोरण जंग बहादुर सिंहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हार्दिक स्वागत गर्नुभयो । सो अवसरमा नेपाली सेनाको एक टुकडीले प्रधानसेनापति समक्ष सम्मान गारत अर्पण गरेको थियो । ३. उक्त स्वागत समारोहमा नेपाली सेनाका रथीबृन्द, अमेरिकी राजदुताबासकी Charge d’Affaires Ms Trish Mahoney तथा नेपालस्थित बिदेशी सेनाका सैनिक सहचारीहरुको समेत उपस्थिती रहेको थियो ।