प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्वारा निरीक्षण भ्रमण

१. प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीले आज मिति २०७५ श्रावण १० गते धनुषा जिल्लाको धारापानीस्थित श्री मध्य पुर्वी पृतना हे.क्वा. र मकवानपुर जिल्लाको हेटौडास्थित श्री मध्य पृतना हे.क्वा.को निरीक्षण भ्रमण गर्नु भएको छ ।

२. निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति श्री क्षत्रीले उक्त पृतनाहरुको बस्तुस्थिति, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नु भई सकलदर्जाहरुलाई सम्बोधन गर्नु भएको थियो । साथै, प्रधानसेनापति श्री क्षत्रीले भोली मिति २०७५ श्रावण ११ गते अन्य युनिटहरुको निरीक्षण भ्रमण गर्नु भई काठमाण्डौं फिर्ता हुनु हुने कार्यक्रम रहेको छ ।