प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्वारा निरीक्षण भ्रमण

१. प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीले आज मिति २०७५ श्रावण १४ गते ईटहरीस्थित श्री पुर्वी पृतना हे.क्वा., झापास्थित नयाँ श्रीनाथ गण, मोरङ जिल्लाको लेटाङ्गस्थित पुर्वी पृतना तालिम शिक्षालय र याङशिलास्थित श्री कालीशक्ति गण (ई) को निरीक्षण भ्रमण गर्नु भएको छ ।

२. निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति श्री क्षत्रीले उक्त पृतना, गण, गुल्म र शिक्षालयहरुको बस्तुस्थिति, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नु भई सकलदर्जाहरुलाई सम्बोधन गर्नु भएको थियो । साथै, प्रधानसेनापति श्री क्षत्रीले भोली मिति २०७५ श्रावण १५ गते अन्य युनिटहरुको निरीक्षण भ्रमण गर्नु भई काठमाण्डौं फिर्ता हुनु हुने कार्यक्रम रहेको छ ।