प्रधानसेनापतिद्वारा ‘हल अफ फेम’ उद्घाटन

१. प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीले आज मिति २०७५ श्रावण १७ गते लगनखेलस्थित श्री सैनिक शारिरीक तालिम तथा खेलकुद केन्द्रको पहलमा नवनिर्मित ‘हल अफ फेम’ को उद्घाटन गर्नु भएको छ ।

२. नेपाली सेनाले विगतदेखि वर्तमानसम्म विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा हासिल गरेका सफलताहरुलाई अभिलेखिकृत गर्ने उद्देश्यका साथ उक्त हल अफ फेमको निर्माण गरिएको हो । उक्त हलमा विभिन्न राष्ट्रिय तथा सैनिक खेलकुद प्रतियोगिताहरुको साथै ओलम्पिक, एसियन, दक्षिण एसियाली खेलकुद प्रतियोगिताहरुमा सैनिक खेलाडीहरुले हासिल गरेका उपाधिहरुको अभिलेख, तस्विरहरु तथा सहभागिता सम्बन्धी जानकारीहरु समावेश गरिएको छ ।

३. हल अफ फेमको निर्माणले खेलाडीहरुले विगतमा पु¥याएको योगदानको सम्मानका साथै हाल विभिन्न खेलमा आबद्ध भएर योगदान पु¥याईरहेका र भविष्यमा खेलकुद क्षेत्रमा जोडिने समस्त खेलाडीहरुलाई समेत प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको छ । उक्त उद्घाटन कार्यक्रममा पूर्व प्रधान सेनापतिहरु, ओलम्पिक कमिटीका अध्यक्ष, नेपाली सेनाका रथीवृन्द, अधिकृत, भेट्रान खेलाडीहरु, पदिक तथा अन्यदर्जाहरुको उपस्थिति रहेको थियो ।