प्रधानसेनापतिद्वारा त्रिचन्द्र मिलिटरी अस्पतालमा स्वास्थ्य सेवा सञ्चालन शुभारम्भ कार्यक्रमको समुद्घाटन

१. आज मिति २०७५ श्रावण १८ गते प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीले महांकालस्थित पुनः निर्मित त्रिचन्द्र मिलिटरी अस्पताल भवनमा स्वास्थ्य सेवा सञ्चालन शुभारम्भ कार्यक्रमको समुद्घाटन गर्नु भएको छ ।

२. पुनः निर्मित भवनमा डेन्टल सेवा आजबाट शुभारम्भ गरि बहालवाला तथा कल्याणकारी हिताधिकारीहरुलाई उपचार गर्ने व्यवस्था मिलाईएको साथै इमरजेन्सी, फार्मेसी, पेडियाट्रिक, फिजियोथेरापी, प्याथालोजी र रेडियोलोजी सेवाहरु विस्तार गर्दै लगिने योजना रहेको छ ।

३. उक्त उद्घाटन कार्यक्रममा नेपाली सेनाका रथीवृन्द, स्वास्थ्य मन्त्रालयका सह–सचिव डा. तारानाथ पोखरेल, त्रिचन्द्र मिलिटरी अस्पतालका पूर्व कमाण्डान्टहरु, अधिकृत, पदिक तथा अन्यदर्जाहरुको उपस्थिति रहेको थियो ।