प्रधानसेनापति र Indo-Pacific Command का Deputy Commander बीच शिष्टाचार भेटवार्ता

१. आज मिति २०७५ श्रावण २० गते प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीसँग Indo-pacific command का Deputy Commander, Lieutenant General Bryan Fenton ले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गर्नुभएको छ । शिष्टाचार भेटको दौरान Lieutenant General Fenton ले प्रधानसेनापति श्री क्षत्रीलाई United States Armed Forces को तर्फबाट 'THE LEGION OF MERIT (Degree of Commander)' पदक समेत प्रदान गर्नु भएको थियो ।

२. उक्त भेटवार्ताका क्रममा प्रधानसेनापति श्री क्षत्री र General Bryan Fenton बीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बिषयमा छलफल भएको थियो । उहाँ ३ (तीन) सदस्यीय भ्रमणदलको साथ दुई दिने भ्रमणको लागि आजै काठमाण्डौं आउनु भएको हो ।