प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्वारा निरीक्षण भ्रमण

१. प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीले आज मिति २०७५ श्रावण २१ गते गोरखा जिल्लास्थित श्री रणसिंहदल गण, तनुहँ जिल्लाको दमौलीस्थित श्री कृष्णदल गण र नवलपरासी जिल्लाको हात्तिखोरस्थित श्री राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालयको निरीक्षण भ्रमण गर्नु भएको छ ।

२. निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति श्री क्षत्रीले उक्त गण तथा शिक्षालयहरुको बस्तुस्थिति, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नु भई सकलदर्जाहरुलाई सम्बोधन गर्नु भएको थियो । निरीक्षण भ्रमण सम्पन्न गरी उहाँ आजै काठमाण्डौं फिर्ता हुनु भएको छ ।