बलाधिकृत रथी श्री पूर्णचन्द्र थापालाई प्रधानसेनापतिको कार्यभार हस्तान्तरण

१. प्रधानसेनापतिबाट अवकाश प्राप्त गर्नु एक महिना अगावै बिदा बस्ने नेपाली सेनाको प्रचलित परम्परा अनुसार प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीले आज मिति २०७५ श्रावण २४ गते जंगी अड्डामा आयोजित एक समारोहका बीच प्रधानसेनापतिको कार्यभार बलाधिकृत रथी श्री पूर्णचन्द्र थापालाई हस्तान्तरण गर्नु भएको छ ।

२. गौरवमय इतिहास र परम्परा भएको नेपाली सेनामा सहायक सेनानी दर्जाबाट प्रवेश गरी देश, जनता र संविधानको रक्षाको लागि सदा समर्पित भई करिब ४० वर्षसम्म अनवरत रुपमा सेवा गरी प्रधानसेनापतिको उच्च एवं गरिमामय ओहदाबाट प्रधानसेनापति महारथी श्री क्षत्रीले मिति २०७५ भाद्र २४ गतेबाट पदावधिको हदले नेपाली सेनाबाट अवकाश प्राप्त गर्नु हुनेछ । सैनिक परम्परा अनुसार प्रधानसेनापति महारथी श्री क्षत्री भोली मिति २०७५ श्रावण २५ गतेदेखि बिदामा बस्नु हुने हुँदा बलाधिकृत रथी श्री पूर्णचन्द्र थापालाई प्रधानसेनापतिको सम्पूर्ण कार्यभार बुझबुझारथ गर्नु भएको छ । बलाधिकृत रथी श्री थापालाई मिति २०७५ श्रावण १० गतेको नेपाल सरकार मन्त्री परिषद्को निर्णय बमोजिम ऐ श्रावण २५ गतेको मितिबाट लागु हुने गरी प्रधानसेनापतिमा कायम मुकायम मुकर्रर गरिएको थियो ।

३. बुझबुझारथ पश्चात कामु प्रधानसेनापति रथी श्री थापाले नेपाली सेनालाई आधुनिकिकरण गर्ने प्रयास स्वरुप Less paper environment को लागि Digitization मार्फत कार्यालयहरुमा कामको शुरुवात गर्नुको साथै काठमाण्डौ-तराई/मधेश दु्रतमार्ग (Expressway) आयोजना कार्यान्वयनको लागि गठित निर्देशक समितिको अध्यक्षको सम्पूर्ण कार्यभार बलाध्यक्ष रथी श्री हेमन्त राज कुँवरलाई आजकै मितिबाट हस्तान्तरण गर्नु भएको छ ।

४. उक्त बुझबुझारथ समारोहमा नेपाली सेनाका पि.एस.ओज. रथीबृन्द लगायत विभिन्न विभाग÷निर्देशनालयहरुका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको थियो ।