१. नेपाली सेना र मित्र राष्ट्र अमेरिकी सेनाको USPACOM को संयुक्त आयोजनामा मिति २०७५/०४/२१ गतेबाट मिति २०७५/०५/०१ गतेसम्म २० (बीस) मित्र राष्ट्रहरुको सहभागीतामा Multinational Communication Interoperability Program (MCIP)अन्तर्गत Pacific Endeavor-18 (PE-18) सञ्चालन भईरहेको ।
२. उक्त अभ्यासको पहिलो चरणमा सञ्चार सम्बन्धी विभिन्न क्षेत्रहरुमा अध्ययन, छलफल र अन्तरक्रिया तथा USPACOM का विज्ञहरुद्वारा मुलत Cyber सुरक्षा सम्बन्धी Cyber Endeavor र Frequency व्यवस्थापन सम्बन्धी Phoenix Endeavor विषयहरुमा प्रशिक्षण भएको ।
३. हिजो मिति २०७५/०४/२८ गतेबाट सुरु भएको उक्त अभ्यासको दोस्रो चरणमा एसिया प्रान्त क्षेत्रमा अवस्थित राष्ट्रहरुका उच्च सैनिक अधिकृतहरुको सहभागीता रहेको Pacific Senior Communicators Meeting Session (PSCM) अन्तर्गत विपद्सँग सम्बन्धीत विभिन्न क्षेत्रका विज्ञहरुबाट प्रस्तुतिकरण, सहभागी राष्ट्रका उच्च सैनिक अधिकृतहरु बीच छलफल, अन्तरक्रिया एवं अनुभव आदानप्रदान गरिनुका साथै अभ्यासमा सम्मिलित सिग्नल अधिकृतहरुले विभिन्न स्थानमा विपद् कमाण्ड पोष्ट खडा गरी मिलाप उपकरणहरुको Radio Interoperability अभ्यास गरिरहेकोमा आज मिति २०७५÷०४÷२९ गते सहभागी विभिन्न देशका उच्च सैनिकहरुबाट उक्त अभ्यासको निरिक्षण समेत भएकोे ।