सञ्चार सम्बन्धी अभ्यास Multinational Communication Interoperability Program (MCIP) सम्पन्न

१. नेपाली सेना र मित्र राष्ट्र अमेरिकी सेनाको USPACOM को संयुक्त आयोजनामा मिति २०७५/०४/२१ गतेबाट होटल याक एण्ड यतिमा २० (बीस) मित्र राष्ट्रहरुको सहभागीतामा सञ्चालन भएको सञ्चार सम्बन्धी अभ्यास Multinational Communication Interoperability Program (MCIP) अन्तर्गत Pacific Endeavor-18 (PE-18) को आज मिति २०७५/०५/०१ गते बलाध्यक्ष रथी श्री हेमन्त राज कुँवरले एक समारोहका बीच समापन गर्नु भएको छ ।

२. दुई चरणमा सञ्चालन भएको उक्त अभ्यासमा पहिलो चरणमा सञ्चार सम्बन्धी विभिन्न क्षेत्रहरुमा अध्ययन, छलफल र अन्तरक्रिया तथा USPACOM का विज्ञहरुद्वारा मुलत Cyber सुरक्षा सम्बन्धी Cyber Endeavor र Frequency व्यवस्थापन सम्बन्धी Phoenix Endeavor विषयहरुमा प्रशिक्षण भएको थियो भने दोस्रो चरणमा Pacific Senior Communicators Meeting Session (PSCM) अन्तर्गत विपद्सँग सम्बन्धीत विभिन्न क्षेत्रका विज्ञहरुबाट प्रस्तुतिकरण, सहभागी राष्ट्रका उच्च सैनिक अधिकृतहरु बीच छलफल, अन्तरक्रिया एवं अनुभव आदानप्रदान गरिनुका साथै विभिन्न कमाण्ड पोष्टहरु खडा गरी मिलाप उपकरणहरुको Interoperability अभ्यास समेत सञ्चालन भएको थियो । उक्त PE-18 अभ्यासमा मित्र राष्ट्रहरुका सेना, सम्बन्धीत एजेन्सी तथा विज्ञहरु गरी जम्मा २७० जनाको सहभागीता रहेको थियो ।

३. उक्त अभ्यासबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सैनिक संगठन बीच मिलाप कायम गरी विपद् व्यवस्थापन कार्यलाई समन्वयकारी ढंगबाट असरदार बनाउन सहयोग पुग्नुको साथै अभ्यासमा सहभागी राष्ट्रहरु बीच आपसी सम्बन्ध अझ मजबुत बनाउन यस अभ्यासले थप टेवा पुगेको विश्वास नेपाली सेनाले लिएको छ । समापन समारोहमा नेपाली सेनाका रथीबृन्द, नेपाल सरकारका पदाधिकारी, अन्य सम्बन्धीत क्षेत्रका प्रतिनिधिहरु, अधिकृत तथा अन्यदर्जाहरुको समेत उपस्थिति रहेको थियो ।