प्रधानसेनापति र भारतीय महामहिम राजदुत बीच शिष्टाचार भेटवार्ता

१. मिति २०७५ भाद्र २५ गते प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापा र काठमाण्डौंस्थित भारतीय राजदुतावासका महामहिम राजदुत श्री मंजीव सिंह पुरीका बीच जंगी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ ।

२. उक्त भेटघाटका क्रममा प्रधानसेनापति श्री थापा तथा भारतीय महामहिम राजदुतबीच द्विपक्षिय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयहरुमा छलफल भएको थियो ।