प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाद्वारा निरीक्षण भ्रमण

१. प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाले आज मिति २०७५ भाद्र २६ गते धनकुटा जिल्लास्थित श्री नंं.२ बाहिनी अड्डा र श्री बरख गणको निरीक्षण भ्रमण गर्नु भएको छ । नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त भए पश्चात प्रधानसेनापति श्री थापाको यो पहिलो निरीक्षण भ्रमण हो ।

२. निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति श्री थापाले उक्त बाहिनी तथा गणको बस्तुस्थिति, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुका साथै सकलदर्जालाई सम्बोधन गर्नु भएको थियो । साथै, उहाँ आज श्री पूर्वी पृतना हे.क्वा. ईटहरीमा मुकाम रहनु हुने र भोली मिति २०७५ भाद्र २७ गते अन्य युनिटहरुको निरीक्षण भ्रमण सम्पन्न गरी काठमाण्डौं फिर्ता हुनु हुने कार्यक्रम रहेको छ ।