प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाद्वारा निरीक्षण भ्रमण सम्पन्न

१. प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाले आज मिति २०७५ भाद्र २७ गते सुनसरी जिल्ला ईटहरीस्थित श्री पूर्वी पृतना हे.क्वा., झापा जिल्लास्थित श्री नंं.२१ बाहिनी अड्डा र उदयपुर जिल्लास्थित श्री नंं.१८ बाहिनी अड्डाको निरीक्षण भ्रमण गर्नु भएको छ ।

२. निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति श्री थापाले उक्त पृतना तथा बाहिनीहरुको बस्तुस्थिति, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुका साथै सकलदर्जालाई सम्बोधन गर्नु भएको थियो ।

३. भ्रमण सम्पन्न गरी महारथी श्री थापा आजै काठमाण्डौ फिर्ता हुनु भएको छ । निरीक्षण भ्रमणको सिलसिलामा उहाँ मिति २०७५ भाद्र २६ गते धनकुटा जिल्लाको हिलेस्थित श्री नंं.२ बाहिनी अड्डातर्फ प्रस्थान गर्नु भएको थियो ।