Seismic Vulnerability Procedure कार्यशाला गोष्ठी तथा अभ्यास सञ्चालन

१. नेपाली सेना, नेपालस्थित USAID तथा मित्रराष्ट्र अमेरिकाको Civil Military Emergency Preparedness टोलीको संयुक्त आयोजनामा संचालन हुन लागेको Seismic Vulnerability Procedure कार्यशाला गोष्ठी तथा अभ्यासको आज मिति २०६८ बैशाख ५ गते जंगी अड्डास्थित सभामण्डपमा नेपाली सेनाका युद्धकार्य निर्देशक सहायक रथी श्री महेश विक्रम कार्कीले एक समारोहकावीच समुद्घाटन गर्नु भयो । २. उक्त कार्यशाला गोष्ठी तथा अभ्यास त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा काठमाण्डौं उपत्यकामा निर्मित मुख्य मुख्य पुल तथा सडकहरुबारे अध्ययन गरी त्यस्ता ज्यादै महत्वपूर्ण भौतिक पूर्वाधारहरुलाई भुकम्पिय जोखिमको दृष्टिकोणबाट कसरी सुदृढीकरण गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहने छ । ३. मिति २०६८ बैशाख ५ गतेदेखि ऐ १५ गतेसम्म संचालन हुने उक्त कार्यशाला गोष्ठीमा ईन्जिनियरिङ्ग तथा भूगर्भ क्षेत्रमा कार्यरत सरकारी तथा गैर सरकारी निकायहरुका उच्च तहका पदाधिकारी, विज्ञ, प्राज्ञ तथा सुरक्षा निकायका अधिकृत प्रतिनिधीहरु समेत गरी जम्मा ५५ जनाको सहभागिता रहेको थियो ।