प्रधानसेनापति र बंगलादेशी महामहिम राजदुत बीच शिष्टाचार भेटवार्ता

१. आज मिति २०७५ असोज ०९ गते प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापासँग काठमाण्डौस्थित बंगलादेशी राजदुतावासका महामहिम राजदुत HE Ms. Mashfee Binte Shams ले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको छ ।

२. उक्त भेटवार्ताका क्रममा महामहिम राजदुत HE Ms. Mashfee Binte Shams ले नवनियुक्त प्रधानसेनापति श्री थापालाई बधाई दिनुका साथै उहाँहरुबीच द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।