प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाद्वारा निरीक्षण भ्रमण

१. प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाले आज मिति २०७५ असोज १४ गते काभ्रे जिल्लाको भकुण्डेबेसीस्थित श्री नं.२६ बाहिनी अड्डा र सोहि जिल्लाको पाँचखालस्थित श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको निरीक्षण भ्रमण गर्नु भएको छ ।

२. निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति श्री थापाले उक्त बाहिनी तथा केन्द्रको स्थलगत बस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै सकलदर्जालाई सम्बोधन गर्नु भएको थियो । साथै, भ्रमण सम्पन्न गरी उहाँ आजै काठमाण्डौं फिर्ता हुनु भएको छ ।