प्रधानसेनापति र फ्रान्सेली महामहिम राजदुतबीच शिष्टाचार भेटवार्ता

१. आज मिति २०७५ असोज १५ गते प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापासँग काठमाण्डौस्थित फ्रान्सका महामहिम राजदुत Mr. Francois Xavier LEGER ले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको छ ।

२. उक्त भेटवार्ताका क्रममा महामहिम राजदुत Mr. Francois Xavier LEGER ले नवनियुक्त प्रधानसेनापति श्री थापालाई बधाई दिनुका साथै उहाँहरुबीच द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । साथै आजै प्रधानसेनापति श्री थापा र टर्कीका अवैतनिक वाणिज्य दूत प्रोफेसर Ms. Fatma Gunseli Malcok बीच समेत भेटवार्ता भएको थियो ।