दक्षिण कोरियाको सुसङ ईन्जिनियरिङ कम्पनीलाई डिपीआर निर्माणको जिम्मा

१. नेपाली सेनाद्वारा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना काठमाण्डौँ—तराई/मधेश द्रुर्तमार्ग (Expressway) को आज मिति २०७५ असोज १६ गते जंगी अड्डामा एक कार्यक्रमका बीच विस्तृत परियोजना प्रतिवेदन (DPR) निर्माणको लागि Soosung Engineering Co. Ltd, दक्षिण कोरियालाई जिम्मा दिइएको छ ।

२. काठमाण्डौँ—तराई/मधेश द्रुर्तमार्ग (Expressway) का आयोजना प्रमुख प्रा. उपरथी श्री योगेन्द्र बहादुर खाँण र Soosung Engineering Co. Ltd, दक्षिण कोरियाका अध्यक्ष Keehyun Hwang बीच भ्याट सहित १० करोड १२ लाख ७८ हजार नौ सय तेईस रुपैयाँको लागतमा २०७५ कार्तिक ०४ गतेबाट डिपीआर निर्माण सुचारु गरी १०५ दिनको अवधिमा तयार गरि सक्ने गरि सम्झौतामा हस्ताक्षर भएको छ ।

३. उक्त कार्यक्रममा नेपाली सेनाका अधिकृत र Soosung Engineering Co. Ltd, दक्षिण कोरियाका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।