प्रधानसेनापति र कतारका महामहिम राजदुतबीच शिष्टाचार भेटवार्ता

१. आज मिति २०७५ असोज १८ गते प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापासँग काठमाण्डौस्थित कतार राजदुतावासका महामहिम राजदुत Mr. Yousuf Bin Mohmmed AL-Hail ले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको छ ।

२. उक्त भेटवार्ताका क्रममा महामहिम राजदुत Mr. Yousuf Bin Mohmmed AL-Hail ले नवनियुक्त प्रधानसेनापति श्री थापालाई बधाई दिनुका साथै उहाँहरुबीच द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।