समरी जनरल सैनिक अदालतबाट सैनिक अधिकृतउपर कारवाही

  • १. काठमाडौंको सोह्रखुट्टेस्थित महानगरीय प्रहरी प्रभागमा मिति २०६७ बैशाख ०५ गते घटेको घटनामा संलग्न भएको कसुरको अभियोगमा समरी जनरल सैनिक अदालतले नेपाली सेनाका दुईजना अधिकृतहरुलाई दण्डित गरेको छ ।
  • २. उक्त घटना सम्बन्धी सत्यतथ्य छानवीन गर्न गठित कोर्ट अफ ईन्क्वायरी (छानवीन समिति) को सिफारिशको आधारमा घटनामा संलग्न अधिकृतहरुउपर अनुशासन र आचरणसम्बन्धी कसुरको अभियोगमा मुद्दा पुर्पक्ष गर्न गठित समरी जनरल सैनिक अदालतले सेनानी सञ्जयजंग रायमाझीलाई एक वर्ष बढुवा रोक्का गर्ने र सेनानी राजेश विक्रम शाहीलाई नसिहत दिने फैसला गरेको छ ।