प्रधानसेनापति र स्विट्जरल्याण्डका महामहिम राजदुत बीच शिष्टाचार भेटवार्ता

१. आज मिति २०७५ असोज २९ गते प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापासँग काठमाण्डौस्थित स्विट्जरल्याण्ड राजदुतावासका महामहिम राजदुत HE Ms. Elisabeth Von Capeller Oswasd ले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको छ ।

२. उक्त भेटवार्ताका क्रममा प्रधानसेनापति श्री थापा र महामहिम राजदुत HE Ms. Elisabeth Von बीच द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।