प्रधानसेनापति र पूर्व प्रधानसेनापतिहरु बीच भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम

१. आज मिति २०७५ आश्विन २९ गते त्रिभुवन आर्मी अफिसर्स क्लबस्थित सभामण्डपमा प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाले नेपाली सेनाका पूर्व प्रधानसेनापतिहरु तथा रथीवृन्दसँग भेटघाट तथा अन्तरक्रिया गर्नुको साथै 'विजया दशमी, दिपावली तथा छठ पर्व २०७५' को शुभकामना आदानप्रदान समेत गर्नु भएको छ ।

२. सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानसेनापति महारथी श्री थापाले नेपाली सेनाको समयसापेक्ष सुदृढीकरण तथा क्षमता विकासको लागि भईरहेका गतिविधिहरु बारे संक्षिप्त जानकारी गराउनु भएको थियो ।

३. उक्त कार्यक्रमको दौरान नेपाली सेनाका विभिन्न विभाग प्रमुखहरुबाट राष्ट्रिय सुरक्षा वातावरण तथा सुरक्षा चुनौती, नेपाली सेनाको संरचना, नीति तथा भावी योजना, नेपाली सेनाको अपरेशनल तथा विविध गतिविधि र कल्याणकारी योजना तथा गतिविधिहरुको विषयमा प्रस्तुतीकरण र छलफल भएको थियो । यस प्रकारको भेटघाटको कार्यक्रम नेपाली सेनामा नियमित रुपमा आयोजना गर्ने गरिएको छ ।