दोस्रो अन्तर्राष्ट्रिय शारीरिक (PACES) प्रतियोगितामा भाग लिई नेपाली सेनाको टोली स्वदेश फिर्ता

१. मित्रराष्ट्र पाकिस्तानको लाहोरमा मिति २०७५ असोज २२ गतेबाट ऐ २९ गतेसम्म संचालन भएको दोस्रो अन्तर्राष्ट्रिय Physical Agility and Combat Efficiency System (PACES) प्रतियोगितामा नेपाली सेनाको तर्फबाट अधिकृतको कमाण्डमा गएको टोलीले तेस्रो स्थान जित्न सफल भई कांस्य पदक हासिल गरि आज मिति २०७५ असोज ३१ गते स्वदेश फिर्ता भएको छ ।

२. उक्त प्रतियोगितामा भाग लिन नेपाली सेनाको १२ जनाको टोली मिति २०७५ असोज १८ गते मित्रराष्ट्र पाकिस्तानको लाहोर तर्फ प्रस्थान गरेको थियो । सो प्रतियोतिमा विभिन्न १२ राष्ट्रहरुका ३३ सैनिक टोलीहरुको सहभागीता रहेको थियो । नेपाली सैनिक टोलीलाई आज श्री सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशक उपरथी श्री गौरव तण्डुलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नु भएको थियो ।